आइतवार, अशोज ३१, २०७८

टिसा डायमन्डमा नयाँ डिजाइनका गहना

३ आश्विन २०७३, सोमबार ०८:४०

टिसा ज्वेलर्स, न्युरोडले नयाँ डिजाइनका गहना ल्याएको छ । सुन, हिराका सिक्री, टप, औँठी, नेक्लेस, रानी हार, तिलहरीलगायत करिब ४० प्रकारका गहना उपलब्ध गराउँदै आएको ज्वेलर्सले विदेशी डिजाइनका गहनासमेत बिक्री गर्दै आएको छ । नेपालीसहित विदेशी क्याटलगबाट डिजाइन निकालेर उपभोक्ताको मागअनुसार गहना बनाएर बिक्री गर्ने टिसा डायमन्डका रोमी वज्राचार्यले बताइन् । ‘उपभोक्ताको चाहनाअनुसार स्वदेशी र विदेशी डिजाइनका गहना तयार गरिन्छ,’ वज्राचार्यले भनिन्, ‘दसैँतिहारलाई लक्षित गरेर नयाँनयाँ गहनाका डिजाइन ल्याएका छौँ ।’ ‘प्रयोगकर्तालाई गुणस्तरीय सामान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ टिसा डायमण्डका निरन्जनरत्न शाक्यले भने, ‘गहना किन्दा सचेत भएर किन्नुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share