बिहिबार, माघ १३, २०७८

टिपर दुर्घटना तीनको मृत्यु

२५ जेष्ठ २०७३, मंगलवार १४:०५

दाङ, २५ जेठ । दाङको सैघा गाविस पेदामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अर्का एक गम्भीर घाइते भएका छन् । गएराति रा १ ख ९२७ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक सल्यान माल्टा–९ निवासी २७ वर्षीय तिलकबहादुर घर्ती, पहिचान हुन नसकेका सहचालक र दाङको सैघा–२ निवासी १८ वर्षीय अजय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश शर्माले जानकारी दिए ।
दुर्घटनामा परी सैघा–२ निवासी १९ वर्षीय खिमबहादुर सार्की गम्भीर घाइते भएका छन् । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि उनलाई गएराति बाँकेको नेपालगञ्जतर्फ पठाइएको प्रहरीले बताएको छ ।
सोनापुर सिमेन्टको लागि कच्चा पदार्थ बोकेर दाङतर्फ आउँदै गर्दा टिपर दुर्घटनामा परेको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share