मङ्लबार, माघ ११, २०७८

झुलाघाट नाकाबाट दुई किशोरको उद्धार

९ असार २०७३, बिहीबार ०६:५५

बैतडी,  ९ असार । बैतडीको झुलाघाट नाकाबाट आज प्रहरीले दुई किशोरलाई उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार बैतडीको तल्लोस्वराड मेलौली गाविसका १७ वर्षीय ध्रुव नायक र १४ वर्षीय सन्दीप नायकलाई उद्धार गरिएको हो । उनीहरु कामका लागि भन्दै भारत जान लागेका बताइएकाे छ । धु्रव कक्षा ९ र सन्दीप कक्षा ६ मा मेलौलीको शीतलपुर माविका विद्यार्थी हुन् ।

उद्धार गरिएका बालबालिकालाई आफन्तको जिम्मा लगाउन अभिभावकलाई खबर गरिसकिएको प्रनाउ पोखरेलले बताए ।

यस्तै झुलाघाट नाकाबाटै यही असार ६ गते पाटन नगरपालिकाका १४ वर्षीय नरेश चन्दको उद्धार गरिएको थियो । पछिल्लो समय यहाँका बालबालिकामा कामका लागि भन्दै विद्यालय छोडेर भारततिर पस्ने प्रवृति देखापर्न थालेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share