झुन्डिएको अवस्थामा पुरुषको शव फेला
१९ जेष्ठ २०७३, बुधबार १४:३०भक्तपुर, १९ जेठ ।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ स्थित हनुमन्ते खोला किनारामा रहेको काइँयो फूलको रुखमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । ठूलो व्यासी–७ स्याङ्जा घर भई काठमाडाैँ ज्ञानेश्वरमा बस्दै आएका वर्ष ६० का छविलाल पोखरेलको झुन्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको उनले जानकारी दिए ।
रासस