सोमवार, मंसिर २०, २०७८

झारा टार्ने प्रवृत्तिले सेवाग्राहीलाई सास्तीः मुख्य सचिव डा सुवेदी

२१ जेष्ठ २०७३, शुक्रबार १९:१२

पोखरा, २१ जेठ । मुख्यसचिव डा सोमलाल सुवेदीले प्रशासनयन्त्रमा काम कसरी गर्नेभन्दा पनि झारा टार्ने र अनेक सल्लाह तथा उपदेश दिनकोे बहुल्यता बढेकाले सेवाग्राही समस्यामा पर्ने गरेको बताएका छन् ।
सामान्य प्रशासन मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कर्मचारीले प्रवाह गर्ने सेवा जवाफदेही, इमान्दारिता र पारदर्शी ढङ्गबाट नहुनुले प्रशासन संयन्त्रमा आँच आउन थालेको बताए ।
“सुधार आफैँबाट गर्नुपर्दछ र आफू ठीक भए अरु पनि ठीक हुन्छन्, मुख्य सचिव डा सुवेदीले भने, “कर्मचारीले कुनै छलकपट नगरी काम गर्नुपर्दछ र नहुने काम भए शिष्टतापूर्वक यो काम हुन सक्दैन भनी जवाफ दिनुपर्छ ।”
पूर्व मुख्यसचिव लीलामणि पौड्यालले कर्मचारीले पहिला आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताउँदै सुधारको प्रस्थान बिन्दु ‘म’ नै हो भनेर बुझ्नु जरुरी रहेको बताए ।
पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश डम्मरबहादुर शाहीले कर्मचारीले संवेदनशील भएर काम गर्दै गए प्रशासनिक काममा सुधार हुने बताए ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयनको चरणमा रहेको धारणा व्यक्त गरे । क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीसँग आग्रह गरे । रासस

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share