मङ्लबार, असार २१, २०७९

झापामा पन्ध्रवटा स्थानीय तह हुने

२३ कार्तिक २०७३, मंगलवार ०६:३९

सुरुङ्गा (झापा), २३ कात्तिक । झापा जिल्लामा १५ वटा स्थानीय तह हुने भएको छ ।

जिल्ला विकास समिति कार्यालयमा आज बसेको सर्वदलीय बैठकले स्थानीय तहको पुनसंरचनाको टुङ्गो लगाएको हो । जनसङ्ख्या र भौगोलिक आधारमा पुनसंरचनाको निर्णय गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताए । स्थानीय तह पुनःसंरचना आयोग प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका उनका अनुसार झापामा आठ नगरपालिका र सात गाउँपालिका हुने भएको छ ।

उनका अनुसार मेचीनगरमा बाहुनडाँगी, धाइजन, दुहागढी र ज्यामीरगढी गाविस गाभेर मेचीनगर नगरपालिका बनाइएको छ ।

शान्तिनगर र बुधबारे गाविसलाई बुद्धशान्ति गाउँपालिका, खुदुनाबारी गाविसलाई शनिअर्जुन नगरपालिकामा गाभ्ने, बिर्तामोड नगरपालिकामा गरामनी गाविस गाभ्ने, भद्रपुर नगरपालिकामा पृथ्वीनगर गाविस गाभ्ने, पाठामारी, बनियानी, वालुवाडी, पथरीया, केचना र घेराबारीलाई कचनकवल गाउँपालिका बनाउने, हल्दिबारी, जलथल र गोलधापलाई हल्दिबारी गाउँपालिका बनाउने, राजगढ, चकचकी र डाँगीबारीलाई बाह्रदशी गाउँपालिका बनाउने निर्णय गरेको छ ।

त्यस्तै कुमरखोद, टागनडुब्बा र शरणामति गाविसलाई झापा गाउँपालिका बनाउने, धरमपुर, पाँचगाछीलाई शिवसताक्षी नगरपालिकामा गाभ्ने, गौरीगञ्ज, खजुरगाछी, माहाभारा र कोरोबारीलाई गौरीगञ्ज गाउँपालिका बनाउने, बैगुनधुरा गाविसलाई गौरादह नगरपालिकामा गाभ्ने, लखनपुर र तोपगाछीलाई कमल गाउँपालिका बनाउने र दमक नगरपालिकालाई साविककै नगरपालिका बनाउने र डाँगीबारी वडा नं ४, शिवसताक्षी वडा नं ५ र ९ लाई कनकाई नगरपालिकामा गाभ्ने निर्णय प्रविधिक समितिले गरेकोे छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share