शनिबार, मंसिर १८, २०७८

जुम्लामा भेटिएको रतुवा जंगलमा छाडियो

२७ जेष्ठ २०७३, बिहीबार ११:०३

Ratuwaजुम्ला, २७ जेठ ।

जुम्लामा भेटिएको रतुवालाई जिल्ला वन कार्यालयले जंगलमा छाडेको छ । मंगलवार बिहान चन्दननाथ नगरपालिका १४ श्रीढुस्कामा भेटिएको रतुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।

स्थानीयका अनुसार जंगलमा पानी नपाएपछि चन्दननाथ नगरपालिका १३ खल्ला गाउँबाट तिला नदितिर पानी पिउन आएको समयमा मानिस देखेपछि रतुवा आत्तिएर भाग्न थालेको थियो ।

सोही क्रममा ठोक्किएर रतुवा घाइते भएपछि स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका हुन । जिल्ला वन कार्यालयका सहायक वनअधिकृत श्याम लाल महतले रतुवाको प्राकृतिक वास स्थान हाकु १ भुरीचुला जगलमा पुनरस्थापना गरिएको बताए । जंगल छाड्नुअघि रतुवाको उपचार गरिएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share