आइतवार, अशोज ३१, २०७८

जीवनोपयोगी शिक्षाकालागि सरकार क्रियाशील : प्रम दाहाल

१८ भाद्र २०७३, शनिबार १८:२७

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राज्ञिक क्षेत्रको मर्यादा राख्न र जीवनोपयोगी शिक्षाको विकास र विस्तारका लागि वर्तमान सरकार लागिपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा लोकतान्त्रिक प्राध्यापक सङ्घका प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विश्वविद्यालयहरुलाई व्यवस्थित र मर्यादित कसरी बनाउने भन्ने बारेमा शिक्षा मन्त्री र सबै सरोकार भएका पक्षसँग छलफल गर्ने बताए ।

प्रधानमन्त्रीले भने – “विश्वविद्यालय र त्यस मातहत रहेका सबै अनुसन्धान केन्द्रलाई व्यवस्थित, मर्यादित र जीवनोपयोगी बनाउन सरकारले कस्तो कदम चाल्नुपर्छ, त्यसमा सुझाव दिनुस्, त्यसलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्छ ।

प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर समावेशी आधारमा विश्वविद्यालयहरुलाई अगाडि बढाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने र आवश्यक निर्देशनसमेत दिने स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालयको अवस्था र उनीहरुको कार्यक्रमबारेसमेत आफूले अध्ययन गरिरहेको बताएका थिए ।

सङ्घका अध्यक्ष उदय तिवारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विश्वविद्यालयहरुको शैक्षिक सुधार, क्षमताअनुसारको जिम्मेवारी तथा अनुसन्धान केन्द्रहरुलाई व्यवस्थित बनाउनुपर्ने, बदलिँदो परिवेशअनुसारको नेतृत्व र जिम्मेवारी दिनुपर्ने, पूर्ण शैक्षिक वातावरण बनाउनुपर्ने तथा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेलगायतका माग प्रधानमन्त्रीसँग राखेको सङ्घका अध्यक्ष तिवारीको भनाइ छ ।

यस्तै, गरिब जनताका छोराछोरीले सहजरुपमा शिक्षा पाउनुपर्ने भएकाले त्यसका लागि सरकारले थप लगानी गर्नुपर्ने मागसमेत सङ्घले प्रधानमन्त्रीसँग राखेको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share