आइतवार, असार १९, २०७९

जिविससहित १६ सरकारी कार्यालय प्रमुख विहीन

१८ कार्तिक २०७३, बिहीबार १५:१३

डोल्पा (दुनै), १८ कात्तिक । यहाँका जिल्ला विकास समितिसहित १६ कार्यालय प्रमुख विहीन भएका छन् ।

दसै‌ं बिदामा घर गएका कार्यालय प्रमुख तथा कर्मचारी तिहार सकिसक्दा पनि नफर्केपछि जिल्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन भएका हुन् ।

जिविस, कृषि, मालपोत, नापी, शिक्षा, स्वास्थ्य, निर्वाचन, जलप्रकोप, सिँचाइ, पशु सेवा, आयुर्वेद, कोलेनिका, हुलाक, महिला विकासलगायतका कार्यालका प्रमुख अझैसम्म पनि कार्यालय फर्केका छैनन ।

स्थानीय निकाय पुनःसंरचनाको कामलाई समेत बेवास्ता गरेर स्थानीय विकास अधिकारी सागर मिश्र गत असोज ३ गतेदेखि संपर्कबिहिन भएको नागरिक समाजका अध्यक्ष्य शेरबहादुर बुढाले बताए ।

कार्यालयमा कर्मचारी नबस्ने समस्या हेलो सरकारसम्म पु¥याएपछि सम्बन्धित मन्त्रालय तथा क्षेत्रीय कार्यालयले दिएको निर्देशन समेत बेवास्ता गरेर कार्यालयमा अनुपस्थित हुने गरेको उनको भनाइ थियो ।

यहाँका कार्यालयमा एक दुई जनाबाहेक अन्य कर्मचारी सबै बिदामा रहेकाले सर्वसाधारण हरेक प्रकारका सेवा सुविधाबाट वञ्चित भएको समेत अध्यक्ष बुढाले गुनासो गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share