शनिबार, मंसिर १८, २०७८

जितका साथ वेल्सले थाल्यो युरोकपको यात्रा

३० जेष्ठ २०७३, आईतवार १३:२५

काठमाडौं । युरो कपमा वेल्सले स्लोभाकियालाई हराएको छ र, विश्व फुटबलको ठूलो प्रतियोगितामा ५८ वर्षपछि नाटकीय पुनरागमन गरेको छ ।

शनिबार मध्यरातमा भएGareth-Baleको खेलमा वेल्सले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  सन् १९५८ को विश्वकपपछि वेल्स पहिलो पटक ठूलो प्रतियोगिता खेल्दैछ र, रंगशालामा फ्यानहरुको खुसीको माहोल थियो ।

वेल्सले ग्यारेथ बलको फ्रिकिक गोलबाट १० औं मिनेटमा नै सुरुवाति अग्रता लिएको थियो । तर, ६१ औं मिनेटमा स्लोभाकियाका डुयाले बराबरी गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी छँदा हाल रोब्सन कानुले गोल गर्दै वेल्सको जित सुनिश्चित गरे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share