मङ्लबार, असार २१, २०७९

जापानिज नागरिकद्वारा बालगृहलाई १० लाख सहयोग

१६ असार २०७३, बिहीबार १३:१०

कपिलवस्तु, १६ असार । लुुम्बिनीस्थित कसाई होटलले कपिलवस्तुको तौलिहवास्थित बालगृहलाई रु १० लाख नगद रकम सहयोग गरेको छ ।

होटलका सञ्चालकसमेत रहेका जापानिज नागरिक तोकुशिन कसाईले बालगृह सञ्चालनका लागि विहीबार सो रकम प्रदान गरेको जनाए।

होटलका महा प्रवन्धक बिकेश मानन्धरले बालगृहकी संरक्षक तथा प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेलाई रु १० लाखको चेक हस्तान्तरण गरे ।

होटलका सञ्चालक कसाईको विगत दुई वर्षदेखिको इच्छानुसार बालगृहलाई सो रकम सहयोग गरिएको मानन्धरले बताए । सहयोग गरिएको उक्त रकमले सदुपयोग र बालगृह सञ्चालनमा मद्दत मिल्ने उनले बताए ।

त्यस्तै नेपाल बाल सङ्गठनका जिल्ला सभापति राजुप्रसाद अर्यालले आयस्ता कटौती हुँदै गएपछि बालगृह सञ्चालनमा कठिनाइ भएको बेलामा प्राप्त सहयोगले धेरै ठुलो सहयोग मिलेको बताए ।

त्यस्तै उनले वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले पनि आफूले लेखेको पुस्तकको रोयल्टीबाट बालगृहलाई करिब रु दुई लाख सहयोग गरेको बताए । अहिले कपिलवस्तु बालगृहमा १७ जना बेसहारा बालक आश्रित छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share