शुक्रबार, असार १७, २०७९

जाजरकोटमा सात स्थानीय तहको प्रस्ताव

२२ कार्तिक २०७३, सोमबार १८:४९

जाजरकोट, २२ कात्तिक । राज्य पुनःसंरचनाका लागि तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तहको प्रस्ताव गरिएको छ ।

प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरुको आज बसेको संयुक्त बैठकले सर्वसम्मतिमा स्थानीय निकायको सङ्ख्या सीमा र नामको टुङ्गो लगाएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताए ।

स्थानीय प्राविधिक समितिका संयोजक गौतमको अध्यक्षतामा बसेको बैठकले पूर्वमा पाँच गाविस समावेश गरेर नलसिंहगाड नगरपालिका, सदरमुकाम खलङ्गा रहेको साबिकको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरी भेरी नगरपालिका र पश्चिममा छ गाविस समावेश गरी छेडागाड नगरपालिकाको सिफारिस गरेको छ ।

त्यस्तै चार गाउँपालिकामा बारेकोट, कुसे, कचाली र जुनीचाँदे वा भैरीचाँदे गाउँपालिकाको नाम विशेष गाउँपालिकाका रुपमा सिफारिस गरिएको छ । संयोजक गौतमका अनुसार भेरी नगरपालिकाको केन्द्र खलङ्गा, नलगाड नगरपालिकाको केन्द्र दल्ली र छेडागाड नगरपालिकाको मनघाट केन्द्र तोकिएको छ ।

त्यस्तै बारेकोट विशेष गाउँपालिकाको लिम्सा, कुसे विशेष गाउँपालिकाको धारापानी वा वाटुल्ले, शिवालय विशेष गाउँपालिकाको सेवाला र जुनीचाँदे विशेष गाउँपालिकाको केन्द्र लुहादह वा सानाखोलामा रहने वैकल्पिक व्यवस्थासहित सिफारिस गरिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share