बुधबार, माघ ५, २०७८

जाजरकोटमा रेडपाण्डाको गणना शुरु

१ असार २०७३, बुधबार १५:१२

राजेन्द्र कार्की
जाजरकोट, १ असार ।
विश्वमै दुलर्भ रेडपाण्डाकाे गणना शुरु गरिएको छ । अनुसन्धानकर्ता बद्री वराल र गणेश घिमिरेको टोलीले बुधवारबाट रेडपाण्डाको गणना शुरु गरेको हो ।redpanda(1)

जाजरकोटमा पहिलो पटक रेडपाण्डा हाव्रेको गणना शुरु गरिएको रेडपाण्डा संरक्षण नेटवर्कका वद्री बरालले जानकारी दिए । जाजरकोटमा ४० देखि ५० ओटा रेड पाण्डा भएको राष्ट्रिय रुपमा अनुमानित तथ्यांक भएपनि आधिकारिता भने अहिलेसम्म हुन सकेको थिएन ।
जाजरकोटमा रेडपाण्डा संरक्षणका लागि हालसम्म कुनैपनि कार्यक्रम संचालन हुन सकेको छैन । स्थानीयले २०० भन्दा वढी हाव्रेको संख्या भएको अनुमान गरेका छन । रेडपाण्डाका विषयमा नेपालमा पहिलो पटक विद्यावारिधि गर्न लागेका अनुसन्धानकर्ता अर्जुन थापा सहितको एक टोलीले जिल्लाको वारेकोट क्षेत्रमा रेडपाण्डाका वारेमा अनुसन्धान गरेपछि ०७० सालमा जाजरकोटमा रेडपाण्डा भएको पत्ता लागेको थियो ।
डेढ महिनाको अवधिमा बारेकोटका नायकवाडा, रोकायगाँउ, रामीडाँडा र सक्लामा रेडपाण्डाको गणना गरिनुका साथै वासस्थानको वारेमा थप अनुसन्धान गरिने अनुसन्धानकर्ता वरालले जानकारी दिए । उनले रेडपाण्डाको गणनापछि संरक्षणका लागि आवश्यक कार्यक्रम संचालन गरिने बताए ।
२ हजार देखि ४ हजार ८ सय मिटर अग्लो क्षेत्रमा पाइने रातोपाण्डा विश्वमानै दुर्लभ जीवमा पर्दछ । विश्वमा १० हजार संख्यामा हाव्रे रहेको अनुमान गरिएको छ । विश्व संरक्षण संघले रेडपाण्डालाई संकटासन्न जीवका रुपमा सूचिकृत गरेको छ । केही बर्ष अघिसम्म जाजरकोटमा रेडपाण्डा प्रशस्त मात्रामा पाइने गरेपनि चेतनाको अभाव, चोरी शिकारी, बनविनास, आगलागी, जलवायु परिवर्तन र उचित बास स्थानको अभावमा लोपहुँदै जान थालेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share