सोमवार, मंसिर २०, २०७८

जाजरकोटमा जीप दुर्घटनामा २ जना घाइते

२४ जेष्ठ २०७३, सोमबार १४:३३

जाजरकोट, २४ जेठ ।
जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमवार विहान सदरमुकाम खलंगाबाट पाँचकाटिया तर्फ गईरहेको भे.१ ज ५६६ नम्बरको जीप भेरीमालिका २ तातोपानीमा दुर्घटना हुँदा जीपमा सवार ढिमे ५ का २० वर्षीया खिमा सिह र पैक ४ की १८ वर्षीया सिता आर.सी घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेको बेला जीप चिप्लिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । जीपका चालक भने फरार भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share