मङ्लबार, असार २१, २०७९

जाजरकोटका चार गाँउ पहिरोको उच्च जोखिममा

२० असार २०७३, सोमबार १२:४७

जाजरकोट, २० असार । जाजरकोटका चार वटा गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोको उच्च जोखिममा रहेका ती गाउँका वस्तीहरूलाई सुरक्षित ठाउँमा सार्ने व्यवस्थाका लागि सरकारसँग माग गरिएको छ । विगत वर्षहरूमा पहिरोबाट ठूलो धनजनको क्षति भए पनि मानवीय वस्ती कायमै रहेका डाँडागाउँ–३ चिउरी, भगवती–३ औलगुर्ता, दह–५ ढडगाउँ र रामीडाँडा–६ रामीडाँडा गरी चार वटा गाउँहरू पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले पहिरोको उच्च जोखिममा रहेका ती बस्तीलाई स्थानान्तरणका लागि सरकारलाई आग्रह गरेको हो ।
jajarkotबैलैमा होसियारी नअपनाए ठूलो धनजनको क्षति हुनसक्ने भएकोले सरकासँग यस्तो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताए । स्थानीय जनताको चिन्ता र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण आफूहरूले सरकारसँग ती गाउँमा बस्ने नागरिकहरुको सुरक्षाका लागि यस्तो माग गर्नुपरेको दैवीप्रकोप जिल्ला उद्धार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
दुई वर्ष अघिको अवधिमा ती गाउँमा झन्डै एक दर्जन सर्वसाधारणको ज्यान गएको थियो भने दुई सय पचास वढी घरपरिवार विस्थापित भएका थिए । जोखिम निकै रहेको भन्दै सुरक्षित ठाउँमा बस्ने ब्यवस्था मिलाइदिन सरकारसँग प्रभावित क्षेत्रका स्थानीयको माग गदै आएका छन् ।
अहिले भगवतीको वडा नं ३ औलगुर्तामा ६९, दहको वडा नं ५ ढडचौरका ९६, डाडाँगाउँ ३ चिउरीका १ सय ३६ र रामीडाडाँको ३, ४, ५ , ६ र ७ वडाका २ सय १० घरधुरीका एक हजार एक सय ४८ सर्वसाधरणहरु पहिरोको उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । यी वस्तीहरू सदरमुकामबाट निकै टाढा रहेका छन् ।
पहिरोको जोखिममा परेका चार गाउँका ५ सय ११ घरधुरीका २ हजार ८ सय २८ जनसंख्याको बेलैमा उचित सुरक्षा नगरे पहिरोका कारण ठूलो मानवीय क्षति हुनसक्ने दैवीप्रकोप उद्धार समितिका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष जनक केसीले बताए । उनले जनधनको क्षति हुन नदिन समयमै वस्ती सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने बताए ।
त्यस्तै जिल्ला दैवीप्रकोप उद्धार समितिले जाजरकोटका धेरै बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेकाले सतर्क रहन सबैलाई आग्रह गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा डोजरले जथाभावी बाटो खन्दा र वन फँडानीका कारण पहिरोको खतर बढ्दै गएको नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति सनत कुमार कार्कीले बताए ।
फोटो क्याप्सन ः जाजरकोट लहँ–४ ध्वार स्थित गुर्से खोलामा बाढीपहिरो आउँदा एक विद्यालयसहित दुई वटा घर पुरेको छ । तस्विरः राजेन्द्र कार्की

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share