बिहिबार, माघ ६, २०७८

जाजरकाेट-डोल्पा सडक निर्माण सुस्त गतिमा

२६ जेष्ठ २०७३, बुधबार १२:५२

जाजरकोट, २६ जेठ ।
आगामी एक वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा मोटरबाटो पुर्‍याउने सरकारी लक्ष्य रहे पनि लक्ष्य अनुरूप काम अघि बढ्न सकेको छैन । जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको निर्माणको काम सुस्त गतिमा हुन थालेपछि एक वर्षभित्र मोटरबाटो पुग्नेमा स्थानीय बासिन्दा विश्वस्त हुन सकेका छैनन् ।
विगत ८ वर्षदेखि हरेक बजेट भाषणमा आगामी दुई वर्षभित्र डोल्पा सदरमुकाममा गाडी पुर्‍याइने छ भन्न छुटादैन तर सडक निर्माण भने कछुवाको गतिमा भइरहेको डोल्पाका पूर्व सांसद रामबहादुर बोहोरा बताउाछन् । सडक दुई वर्षभित्र दुनै पुर्‍याउने लक्ष्यका साथ नेपाली सेनालाई २०६४ सालमा सडक निर्माणको जिम्मा दिइएको थियो तर आवश्यक बजेटको अभाव र भौगोलिक विकटताका कारण निर्माणमा ढिलाइ भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।
राष्ट्रिय महत्वको उक्त सडक निर्माणसागै उत्तर–दक्षिण लोकमार्गको रूपमा परिणत हुने सडकलाई बजेट IMG_9317विनियोजनमा कम प्राथमिकता दिएको पूर्व सांसद बोहोराको गुनासो रहेको छ । उनले यो मार्ग माथिल्लो डोल्पा हुँदै तिब्बतको नाका जोड्ने र दक्षिण रुपैडिहा नाका जोडिने भएको छ । राज्यले कर्णालीबासीलाई उपेक्षा गर्नुको साथै भौगोलिक बनौट बेवास्ता गरेर बजेट विनियोजन गर्ने गरेको बताए । कर्णालीको समस्या र भू–बनौटलाई अध्ययन नगरेरै बजेट छुट्याउने गरिएकाले पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।
रणनैतिक महत्वको रुपमा रहेको यस सडकलाई सरकारले कागजमा सीमित गरेका तर व्यवहारमा महत्व नदिएको डोल्पाका स्थानीय वीरबहादुर शाहीले बताए । उनले डोल्पा सदरमुकामसम्म सडक पुर्‍याउने ओठे सरकारी प्रतिबद्धताले मात्र केही नहुने बताए । यो सडक राष्ट्रिय प्राथमिकतामा छ, तर बजेट प्राथमिकतामा कहिल्यै पर्दैन, शाहीले भने ।
एक सय १८ किलोमीटर लम्बाइको जाजरकोट–डोल्पा सडकको एक सय दुई किलोमिटर ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको सडक निर्माण कार्यदलले जनाएको छ । जाजरकोट र रुकुम खण्डको ७३ दशमलब ५ किलोमीटर सडकमा यातायात सञ्चालन आइसकेको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सडक निर्माण कार्यदलका अनुसार जाजरकोट खण्ड ४६ किलोमिटर बाटो पर्छ त्यो सबै सम्पन्न भइसकेको छ भने रुकुम खण्डको ३१ किलोमिटरमा ३० दशमलब ५ किलोमिटर सम्पन्न भएको छ । डोल्पा खण्डको ४१ किलोमिटरमा २५ किलोमिटर ट्रयाक खुलेको छ, भने १६ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । डोल्पा खण्डको बजारे भीर, साङले भीर, चिण्डे, ओडारे, करवगार लगायत २२ भीरको कडा चट्टान काट्न बाँकी छ । बजेट पर्याप्त भए पनि यी २२ कडा चट्टान फोर्न कम्तिमा दुई वर्ष लाग्ने कार्यदलको अनुमान छ । त्यस्तै यो बाटोमा दर्जन बढी ठााउमा पक्की पुल हाल्नुपर्ने अवस्था छ यी सबै काम सम्पन्न गर्न कम्तीमा ५ वर्ष लाग्ने पूर्वमन्त्री सत्या पहाडीको भनाइ छ । सरकारले बजेट विनियोजनमा कन्जुस्याई गरेन भने डोल्पालीले गाडी चढ्न अझै ५ वर्ष लाग्ने पूर्वमन्त्री पहाडीको भनाइ छ ।

IMG_9330
सेनाले जाजरकोटको मनमइ, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको त्रिवेनी, खदाङ्ग लगायत ६ स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई अगाडि बढाइरहेको छ । कडा चट्टान बाहेकका स्थानमा कच्ची कटान पूरा भइसकेको छ । यो सडक निर्माणमा कम्तीमा आगामी वर्ष ५० करोड बजेट आवश्यक रहेको सडक निर्माण कार्यदलका प्रमुख पहाडीले बताए । तर आगामी बजेटमा एक वर्षभित्र डोल्पा सडक पुर्‍याउन आवश्यक बजेटको विनियोजन गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा बताएता पनि रकम भने खुलाएका छैनन् । सडक निर्माणका लागि नेपाली सेना र स्थानीय मजदुरहरूले काम गरिरहेका छन् । यो सडकमा अहिलेसम्म ६० करोड रकम खर्च भइसकेको छ । सडक निर्माणमा सेनाले आफै काम गर्ने, गराउने र प्राविधिक मूल्याङ्कन समेत आफै गरी सरकारबाट रकम लिने गरेको छ । सेनाले गरेको कामको अनुगमन र निरीक्षण अन्य निकायले नगर्दा आर्थिक पारदर्शीता नभएको स्थानीयको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share