बुधबार, मंसिर २२, २०७८

जलजलाले जित्यो एनआएन कप भलिबल 

३१ जेष्ठ २०७३, सोमबार ०६:३७
अस्ट्रेलिया, ३१ जेठ । एनआरएन अस्ट्रेलियाको आयोजनामा भएको एक दिने एनआरएन कप भलिबलको उपाधि जलजलाले जितेको छ । फाइनलमा म्याग्दी समाजलाई  हराउदै जलजलाले उपाधि जितेको हो ।  फाइनलमा जलजलाले ३ -२ले बाजि मारेको थियो । फाइनलमा पहिलो सेट जितेको म्याग्दीले आफ्नो लयलाई कायम राख्न नसक्दा दोस्रो र तेस्रो सेटमा हार बेहोर्नु परेको थियो ।
13445825_10209187607581122_2686936458066749555_nचौथो सेटमा म्याग्दीले प्रतिस्पर्धात्मक जित निकालेर २ -२को बराबरीमा पुगेको खेल अन्तत पाचौ सेटमा भने जलजलाले सहज रुपमा आफ्नो पक्षमा पारेको थियो । लगातार एकपछि अर्को खेल खेलेका खेलाडीहरु अन्ततिर केहि थाकेका देखिन्थे । प्रवासमा समय निकालेर खेलिने खेल र प्रतिस्पर्धामा पनि निकै उत्साह र उमंग देखिन्थ्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीको ट्रफी रुपमा जलजलाका होम भण्डारीले हात पारे भने ब्लकरमा खेम केसीले आफ्नो नाम लेखाए । बेस्ट स्पाइकरको उपाधि म्याग्दीको केशव पुनले हात पारे भने वेस्ट लिफ्टर म्याग्दीका खेम पाइजा घोषित भए । प्रतियोगिताका विेजेतालाई १६ सय र दोस्रो हुनेलाई एक हजार डलर सहित ट्रफी प्रदान गरिने कुरा एनआरएनका सदस्य राजकुमार अधिकारीले बताए ।
महिलातर्फको खेलमा भने पोखराले जलजलालाइ सिधा सेटमा हराउदै पहिलो स्थान हात पारेको छ । पोखराकी सन्जु मगर उत्कृष्ट खेलाडी घोषित भइन । विजेता खेलाडीहरुलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल,सहसचिब भिष्म भण्डारी,खेलकुद संयोजक नन्द गुरुङ युथ कोर्डिनेटर विजय शर्मा, प्रकाश खरेल ,शितल खाँंड लगायतले ट्रफी प्रदान गरे ।
प्रतियोगिताका विजेताहरुलाई एनआरएन खेल महोत्सवको समापनको अवसरमा बिशेष कार्यक्रमका साथ सम्मान गरिने संयोजक गुरुङले बताए । एनआरएनले पहिलो पटक अस्ट्रेलियामा स्पोर्टस डे मनाउने क्रममा भलिबल,फुटबल,बास्केटबल र क्रिकेटका प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको
प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share