आइतवार, असार १९, २०७९

जर्मनी र पोल्याण्ड नकआउट चरणमा

८ असार २०७३, बुधबार ०७:५३

Germany-1काठमाडौं ।विश्व विजेता जर्मनीसँगै पोल्याण्ड युरो कप २०१६ को नकआउट चरणमा पुगेका छन् । जर्मनी समूह सीको विजेता र पोल्याण्ड उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा मारियो गोमेजले गोल गरे ।

थोमस मुलरको पासमा उनले २९ औं मिनेटमा गोल गरेका हुन् । खेल अवधिभर उत्तरी आयरल्याण्डले २८ शट्सको सामना गर्नु परेको थियो, जसमध्ये ८ लाई गोलकिपरले रोकेका थिए ।

जर्मनीका थोमस मुलरको प्रहार बार र पोष्टमा लागेर फर्किएको थियो ।

हारका बाबजुद उत्तरी आयरल्याण्डको सम्भावना सकिएको छैन । तीन अंकका साथ तेस्रो स्थानमा रहेको उ तेस्रो स्थानमा रहने शीर्ष चारमा परेर नक आउट चरणमा प्रवेश गर्न सक्छ ।

पोल्याण्ड पहिलो पटक अन्तिम १६ मा

अर्को खेलमा पोल्याण्डले युक्रेनलाई समान १-० गोल अन्तरले नै पराजित गरेको छ । र, पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको छ ।

समान ७ अंक भएपनि गोल अन्तरका आधारमा जर्मनी समूह विजेता र पोल्याण्ड समूह उपविजेता बन्यो । उसको जितमा ज्याकुब ब्लासचेकोस्कीले ५४ औं मिनेटमा विजयी गोल गरे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share