सोमवार, मंसिर २०, २०७८

जर्मनीमा तीन आईएस आत्मघाती आक्रमणकारी पक्राउ

२१ जेष्ठ २०७३, शुक्रबार ०६:४४

बर्लिन, २१ जेठ ।

सिरियाबाट आतङ्ककारी योजनासहित जर्मनी पुगेका इस्लामिक स्टेटसँग आवद्ध तीन सिरियाली नागरिकलाई जर्मन प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

आत्मघाती आक्रमणको योजना बनाइरहेका ती तीन व्यक्तिको योजाना असफल हुनुको साथै पक्राउ परेको जर्मनी सरकारी स्रोतले जानकारी दिएको छ । प्रहरीद्वारा प्रकाशित प्रतिवेदनअनुसार पश्चिमी जर्मनीको पुरानो सहर डुसेलडोर्फमा ती व्यक्तिहरूले आत्मघाती आक्रमण गर्ने कोसिसमा रहेका थिए ।

पक्राउ परेका ती सिरियाली नागरिक २५, २७ र ३१ वर्षका भएको जनाइएको छ । पेरिस र ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणपछि आईएस आतङ्ककारी समूहले जर्मनीलाई लक्षित गर्दै आएका छन् । जर्मनका गृहमन्त्री थोम्स डे मैजिएरेकाअनुसार करिब ४५ सयदेखि ५ हजार युरोपियन नागरिक सिरिया र इराकमा लडाकू बन्न गएका छन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share