बिहिबार, माघ १३, २०७८

जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

६ असार २०७३, सोमबार ०८:२१

dhurmus-and-suntaliनवलपरासी, ६ असार ।

युवा पत्रकार जीवन न्यौपानेका परिवारजनले आफ्नो आमाको जन्मदिनको अवसर पारी धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् ।

परिवारले आमा कृष्णा न्यौपानेको ५४ वर्षको जन्मदिनको अवसर पारी फाउन्डेसनलाई रु ३१ हजार ५५५ आर्थिक सहयोग गरेका हुन् ।

गत सालको भूकम्पमा परी घरबारविहीन भएकाका लागि सिन्धुपाल्चोकमा गिरान्चौर एकीकृत बस्ती निर्माणमा जुटेका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले उत्कृष्ट काम गरेको भन्दै कृष्णा न्यौपाने र दाई शिव न्यौपानेले काठमाडौँमा सीताराम कट्टेल (धुर्मुस)लाई भेटी उक्त आर्थिक सहयोग प्रदान गरेका थिए ।

भुइँचालोले गर्दा घरबार विहीनका लागि एकीकृत बस्ती निर्माण गर्ने उद्देश्यले स्थापित धुर्मुस सुन्तली फाउन्डेसनलाई आफ्नो जन्मदिनको अवसर पारी उक्त रकम सहयोग गर्न पाएकोमा कृष्णाले खुसी व्यक्त गरे ।

हास्य कलाकार दम्पती धुर्मुस सुन्तली अभिनय अहिले भूकम्पपछिको बस्ती पुनःनिर्माण कार्यमा व्यस्त रहनुभएको छ । हाल ६५ परिवारका लागि रु चार करोडभन्दा बढीको अनुमानित लागतमा सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकीकृत बस्ती निर्माणको लागि उहाँहरु खटिएका छन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share