आइतवार, असार १९, २०७९

जनश्रमदानबाट तीन किमी मोटरबाटो निर्मित

१ असार २०७३, बुधबार ०८:३४

सल्यान, १ असार । कारागिठी गाविसका बासिन्दाले जनश्रमदानबाट तीन किमी मोटरबाटो निर्माण गरेका छन् ।

गाविसका शङ्खपिपल तिर्थे, आरिङ्गाले फेदी हुँदै शारदा नगरपालिका–११ खैरावाङ जोड्ने सडक स्थानीयवासीको सक्रियतामा बनेको हो ।
कारागिठी–१, २ र ३ का ११० घरधुरीले सडक निर्माणका लागि सङ्कलन गरेको रु चार लाख ५७ हजार ३०० कोे लागतमा सडक निर्माण गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिए ।
सडक निर्माणसँगै गाउँभित्रका कृषिजन्य उपजको निर्यात गर्न सजिलो हुनेभएको छ । सडक नहुँदा गाउँमा कृषि उपजको निकासीमा समस्या परेको थियो । अब गाउँमै गाडी पुगेपछि सहज हुने छ । गाउँमै गाडी पुगेपछि स्थानीयवासीले गाडी चालकलाई फूलमालाले स्वागत गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share