मङ्लबार, असार २१, २०७९

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

२२ कार्तिक २०७३, सोमबार १५:२२

झापा, २२ कात्तिक । जङ्गली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान घर नजिकै घाँस काट्न जाने क्रममा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनलाई घरनजिकैको चिया बगानमा हात्तीले आक्रमण गरेको बताइएको छ ।

त्यस्तै उनीसँगै घाँस काट्न गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर प्रधान हात्तीको आक्रमणमा परी घाइते भएका छन् । हात्तीको आक्रमणमा परी उनको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share