सोमवार, मंसिर २०, २०७८

जङ्गली च्याउ नखान आग्रह

२१ जेष्ठ २०७३, शुक्रबार १८:३२

काठमाडौँ, २१ जेठ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, भिर, कान्ला, खोल्सा र बारीमा आफैँ उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो । महाशाखाले व्यावसायिक रुपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ ।

पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट मृत्यु हुने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share