बुधबार, मंसिर २२, २०७८

जगदम्बा सिमेन्टले सुरक्षित संरचना निर्माणबारे मिस्त्रीलाई तालिम दियो

२८ बैशाख २०७३, मंगलवार ०१:५६

jagadamba२७ वैशाख, काठमाडौं । जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो संरचना निर्माणको बौद्ध तथा चावहिल क्षेत्रका मिस्त्री तथा निर्माण व्यवसायीलाई प्रशिक्षण दिएको छ । कार्यक्रममा कम्पनीका वरिष्ठ प्राविधिक सुनिल पौडेलले सहभागीलाई विशेष तालिम दिए ।

१५० भन्दा बढी राजमिस्त्री तथा ठेकदारहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक कम्पनीका वरिष्ठ विक्री प्रबन्धक रोशन पाठकले गुणस्तरीय उत्पादनमा कम्पनी प्रतिवद्ध रहेको बताए ।

उनले वृहत सञ्जाल र गुणस्तरमा एकरुपता भएको जगदम्बा सिमेन्टले आफ्ना उत्पादन तथा सही निर्माण विधिका बारेमा उपभोक्तालाई जानकारी गराउन यस्ता कार्यक्रमहरु गरेको बताए ।

उनले आगामी दिनमा निर्माणकर्मी तथा इन्जिनियरहरुको तहमा पनि यस्ता कार्यक्रम गर्ने जानकारी पनि दिए । कम्पनीका ब्राण्ड प्रबन्धक जगन्नाथ दाहलले जगदम्बा सिमेन्ट उपभोक्ता तथा समाजप्रति उत्तरदायी रहेको बताए ।

यसैवर्षमा पनि मजबुती र बीमा सुरक्षा दुई गुणा नारासहित जगदम्बा सिमेन्ट होम इन्सुरेन्स अभियान नामक कार्यक्रम ल्याएको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share