शनिबार, असार ११, २०७९

छोरीको हत्या अरोपमा राई पक्राउ

२२ असार २०७३, बुधबार ०८:०३

सोलुखुम्बु, २२ असार । एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएकोछ ।

मङ्गलबार बिहानै हत्या गरिएकी ११ महिने शिशुको टाउको घरमै र शरीर घरभन्दा करिब सय मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । आरोपी राईले ३ महिनाअघि मात्र ८ महिनाको छोरी भएकी देउसाकी एक महिलासँग विवाह गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share