शनिबार, माघ ८, २०७८

छोरीको विकिनी फोटोलाई लिएर साहरुखको यस्तो बयान

२० असार २०७३, सोमबार १४:५७

srk-reaction-on-suhana-bikinमार्च महिनामा बलिउडका वादशाह साहरुख खानकी छोरी सुहानाको एउटा फोटो मिडियामा भाइरल बनेको थियो । जुन फोटोमा सुहानाले विकिनी लगाएकी थिइन् र उनले आफ्नो अनुहार छोपेकी थिइन् । सुहानाको यस्तो तस्बिर सार्वजनिक भएपछि हंगामा भयो ।

सामाजिक संजालमा यसले उच्च स्थान पायो । केहि मिडियामा सुहानाले विकिनी लगाएर आफ्नो शरीर शो गरेको जस्ता समाचार पनि छापिएका थिए । यो कुरालाई लिएर उनका पिता नायक साहरुख खानले मौनता तोडेका छन् ।

मिडियासँग कुरा गर्दै साहरुखले भने-‘सुहाना विचमा थिइन् र उनले विकिनी लगाएकी थिइन् । उनी आफ्नो भाइसँग थिइन् । मिडियाले सुहानाले शरीर शो गरेको भनेर हेडलाइन बनायो । के यो साह्रै सस्तो भएन र ?’ साहरुखले केही वेवसाइटमा आफूले सम्पर्क गरेको बताउँदै भने-‘मैले उनीहरुलाई भने कि, मेरी छोरीको विकिनी शरीरले तपाइको वेवसाइट चल्दैन । के तपाई यसलाई हटाउन सक्नुहुन्छ ?’

उनले आफ्नी छोरी भर्खरै १६ बर्षकी भएको भन्दै केही वेवसाइटमा आएको खबर अचम्म लाग्दो भएको बताए । उनले आफ्नो स्टारडमका कारण छोरीको तस्बिरले मिडियामा उच्च स्थान पाएको बताए । साहरुखले यस्ता कुराले खासै फरक नपर्ने भन्दै समाचारका हेडलाइन पढेर आफू छक्क परेको बताए ।

साहरुख आफ्नो परिवारलाई खुबै ध्यान दिन्छन् । यसैले पनि केहि बर्ष अगाडि उनले छोरीका लागि मुम्बइको क्रिकेट स्टेडियममा झगडा गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share