आइतवार, अशोज ३१, २०७८

छोरा बितेको महिना नपुग्दै आमाले गरिन् आत्महत्या

२३ भाद्र २०७३, बिहीबार ०९:४८

चितवन २३ भदौ । छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन् ।

माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुमित रानाभाटकी श्रीमती सङ्गीताले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एक महिनाअघि उनका छोरा सोनिस रानाभाटको रोगका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छ वर्षको पहिलो सन्तान सोनिसको मृत्युपछि उनी दुःखित हुँदै आएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सोही चिन्ताले घटना भएको आशङ्का गरिएपनि यकिन कारण भने खुलेको छैन । उनको शवलाई शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share