शनिबार, मंसिर १८, २०७८

छुवाछूतको अन्त्यका लागि सरकार प्रतिबद्धः गृहमन्त्री बस्नेत

२१ जेष्ठ २०७३, शुक्रबार १९:०७

काठमाडौँ, २१ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जातीय भेदभाव र छुवाछूतको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजले आयोजना गरेको ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०७३ अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उनले २१औँ शताब्दीमा जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएकाले यसको अन्त्य गर्नुपर्ने बताए ।
गृहमन्त्री बस्नेतले जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न संसद्, सरकार र दलित आफैँ सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले भने, “संविधानले दलितको धेरै हक अधिकारलाई समेटेको छ यसलाई रक्षा गर्नु पहिलो आवश्यक हो ।”

उनले कानुनी अधिकारका लागि दलितलाई सक्रिय हुनसमेत आग्रह गरे । दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले समाजमा विस्तारै छुवाछूत हट्दै गए पनि केही ठाउँमा यो क्रम जारी रहेको भन्दै यसलाई रोक्नका लागि सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले दलितमाथि हुने भेदभावका बारेमा आएको उजुरी बुझ्न गृहमन्त्रालयले आफ्नो मातहतका कार्यालयलाई परिपत्र गर्नु आवश्यक रहेको बताउँदै दलितसम्बन्धी बनेको ऐनलाई प्रहरीको पाठ्यक्रममा समावेश गर्न माग गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share