आइतवार, असार १९, २०७९

छुरा प्रहार गर्नेलाई पक्राउ गरी मुद्दा

१९ कार्तिक २०७३, शुक्रबार ११:३८

पाँचथर, १९ कात्तिक । पाँचथरको फिदिमबजारमा देउसीभैली खेल्ने क्रममा एक युवकलाई छुरा प्रहारबाट गम्भीर घाइते बनाई फरार रहेका ६ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक १४ गते राति ताप्लेजुङ सव्लाखू–६ स्थायी घर भई हाल फिदिममा बस्दै आएका ‘श्री’ भन्ने एन्जल ताम्लिङलाई सो समूहले छुरा प्रहार गरी घाइते बनाएको थियो । उनको अहिले बी एन्ड सी हस्पिटल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–२ बस्ने जेनिस बाँस्कोटा, यामकुमार खवास, सनम राई, याङनाम–२ का मुकेश लिम्बू, रानीटार–१ का लक्षु लिम्बू र तेह्रथुम चुहानडाँडा–९ बस्ने १७ वर्षीय राज क्षेत्री भन्ने राजकुमार कटवाल रहेका छन् ।

उनीहरुलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share