बुधबार, माघ ५, २०७८

छिट्टै राष्ट्रिय सहमतिको सरकारः अध्यक्ष दाहाल

२१ जेष्ठ २०७३, शुक्रबार १८:३६

दोलखा, २१ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने बताएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा नेकपा(माओवादी केन्द्र) दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उनले भने, “काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँगे्रस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।”
अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा केन्द्रका नेता लिलामणि पोखरेल र मातृका यादवलगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दावी गरे । उनहरुले राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share