शनिबार, असार ११, २०७९

छात्रवृत्ति दुरुपयोगबारे छानबिन गरिने

२० असार २०७३, सोमबार ०८:५५

काठमाडौं २० असार / बाल कल्याण समिति (बाल मन्दिर) ले अनाथ बालबालिकाको छात्रवृत्ति कोटामा नेता र पहुँचवालाका छोराछोरी पढाएको भेटिएपछि त्यसबारे अध्ययन गर्ने केन्द्रीय बाल कल्याण समितिले जनाएको छ । छात्रवृत्ति दुरुपयोग प्रकरणबारे कान्तिपुरले आइतबार समाचार छापेको थियो ।

समितिका कार्यकारी निर्देशक तारक धितालले छात्रवृत्ति दुरुपयोगको विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको बताए । उनले भने, ‘यस विषयमा हामी गम्भीर अध्ययन गर्छौं । भनिएको जस्तो दुरुपयोग हो भने कारबाहीको प्रक्रिया थाल्नेछौं ।’ बाल मन्दिरको स्रोत र साधनको सही उपयोग नभएको, बेथिति मौलाएको भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले सहसचिव राधिका अर्यालको संयोजकत्वमा समिति नै बनाएर अध्ययन थालिरहेको छ । मन्त्रालयका प्रवक्ता नारायण काफ्लेका अनुसार समितिले प्रतिवेदनको अन्तिम ड्राफ्ट तयार पार्नेछ । उक्त समितिले दिएको सुझावका आधारमा बाल मन्दिरको व्यवस्थापन सुधार गर्ने र बेथिति रोक्ने मन्त्रालयको योजना छ ।

साभारः इडुखबर

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share