सोमवार, मंसिर २०, २०७८

छत्तीस हजार घरधनीसँग अनुदान सम्झौता

१७ जेष्ठ २०७३, सोमबार ०७:०४

खबरइरा संवाददाता
काठमाडौं, १७ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २ सय ८७ घरधनीसँग सम्झौता गरेको छ ।
ओखलढुङ्गामा १० हजार ७ सय ३३, रामेछापमा १३ हजार ७९, गोरखामा २ हजार ३सय, धादिङमा ५ सय ९९, नुवाकोटमा २ सय ८०, रसुवामा २ सय ८, सिन्धुपाल्चोकमा १ हजार ९ सय २७, काभ्रेपलाञ्चोकमा ९ सय , दोलखामा ५हजार १ सय ६१ र सिन्धुलीमा १ हजार १सय घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए  ।
सम्झौता भएका अनुदान पाउने घरधनीलाई बैंकसँग कारोबारको सम्झौता हुने बित्तिकै पहिलो किस्ताको ५० हजार दिइनेछ, ।
यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ । लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share