आइतवार, असार १९, २०७९

‘छठ पूजा मधेस–पहाडबीच सद्भाव जोड्ने पुल’

२२ कार्तिक २०७३, सोमबार १५:२०

महोत्तरी,२२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गिरिराजमणि पोखरेलले छठ पूजा मधेस–पहाडको सामाजिक सद्भाव जोड्ने गतिलो पुल भएको बताएका छन् ।

आज बिहान महोत्तरीको बर्दिवासस्थित छठ पर्वको समापनका अवसरमा फूलप्रसाद ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरन्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध र एकता कायम गर्ने शक्ति प्रदान गर्दछ भने ।

छठ पर्व राष्ट्रिय निर्माणको गतिलो साधन भएकाले यसको संरक्षण गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए । ‘सूर्य मूल शक्ति हो । हामी त्यसैको वरिपरि घुमिरहेका छौं,’ नेता पोखरेले भने,“प्रकृतिले मानवको निर्माण गरेको हो भने मानवले ईश्वरको निर्माण गरेको हो ।”

चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको समेत नेता पोखरेलको भनाइ थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share