बुधबार, मंसिर २२, २०७८

च्याउ खाँदा दश बिरामी

२३ जेष्ठ २०७३, आईतवार १२:५१

दोलखा, २३ जेठ ।

झ्याँकु–९ का १० बासिन्दा जङ्गली च्याउ खाँदा बिरामी परेका छन् । च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेको र अन्य आठ जना भने सामान्य बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले बताए ।

प्रहरी कार्यालयका अनुसार गम्भीर बिरामी पर्नेमा झ्याँकु–९ का ३५ वर्षीया साङडोमा तामाङ र उनका श्रीमान् कृष्ण रहेकोे बताइएको छ । उनीहरुको दोलखाको मैनापोखरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाइ छ । अन्य आठलाई स्थानीय झ्याकु स्वास्थ्य केन्द्रमा नै उपचारपछि सामान्य अवस्थामा फर्काइएको बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share