शुक्रबार, असार १७, २०७९

चोरीमा संलग्न ५ पक्राउ

१ असार २०७३, बुधबार ०७:१२

राजेन्द्र कार्की
जाजरकोट, १ असार ।
जाजरकोटमा पसल चोरी फरार रहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । खलंगाका ६ पसल चोरी गरेको आरोपमा प्रहरीले कञ्चनपुर झलारी पिलाडी नगरपालिका ३ का आशिष साउद, रुपेन्द्र चन्द, जाजरकोट भेरीमालिका नगरपालिका ४ का रामु सुनार, भेरीमालिका २ का उदिप सुनार र भेरीमालिका ११ का लोकेन्द्र सुनारलाई पक्राउ गरेको हो ।
DSC01658 (2000x1500)प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पसलबाट चोरी गरिएको समान समेत प्रहरीले सार्वजनिक गरेको छ । भेरीमालिका २ का मानबहादुर वली, विर्खबहादुर कार्की, जयबहादुर पुन, सिता वि.क र भेरीमालिका ४ का हिरण्य भण्डारी तथा रुद्र शाहको पसल गत आइतवार चोरी भएको थियो ।
पक्राउ परेकाहरुबाट सात हजार ९ सय ४५ रुपैया सहित विभिन्न जिन्सी सामान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी गराएका छन् । उनीहरुलाई भेरीमालिका नगरपालिका १ कालेगाँउबाट रुकुम तर्फ भाग्दै गरेको अवस्था पक्राउ गरिएको हो ।
भारतका हरिद्धारमा ५ जनाको भेट भएको र उतैबाट चोरी गर्ने योजना सहित उनीहरु जाजरकोट आएको प्रहरीले जनाएको छ । उनीहरु सवैलाई प्रहरीले चोरी मुद्दा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share