शनिबार, मंसिर १८, २०७८

चेलीबेटी बेच बिखनको केन्द्र बन्दै पुनर्वास क्षेत्र

१८ जेष्ठ २०७३, मंगलवार २०:००

दीपेन्द्र कुमार बस्नेत

पुनर्वास कञ्चनपुर,  १८ जेठ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वासबाट एकै सातामा ७ जना महिलाको प्रहरीले उद्धार गरेको छ ।

प्रहरी प्रशासन र सरोकारवाला निकायले दक्षिणी सीमा नाकामा चेक जाँच र सोधपुछमा बेवास्था गरेपछि चेलीबेटी तथा मानव ओसार पसारका लागि दलालहरुले यो नाका सुरक्षित ठान्दै आएका छन् । स्थानीय महिला सञ्जालको सहयोगमा पुनर्वासको आईबिआरडी स्थित प्रहरी चौकीका प्रहरीले मंगलबार  दिउँसो साढे ४ बजे तिर दलाल सहित २ जना युवतीलाई उद्धार गरिएको छ ।

स्थानीय महिला सञ्जालको सहयोगमा प्रहरीले सिन्धुपाल्चोकको करथली गाविस १ घर भई काठमाडौको कोटेश्वर डेरा गरि बस्ने वर्ष १९ कि पासाङ ल्यामु शेर्पा र सिन्धुपाल्चोकको ग्याटी गाविस २ घर भई काठमाडौको कोटेश्वरमा डेरा गरी बस्ने लागेयाम्बु तामाङलाई प्रहरीले उद्धार गरेको छ । दलाल दिपककुमार ऐरलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवन वस्ती पठाइएको अस्थाई प्रहरी चौकी आईबिआरडीले जनाएको छ ।  प्रहरी र चेलीबेटी बेचबिखनमा काम गर्ने गैरसरकारी संस्थाले सदरमुकाम बाहेक सीमावर्ती दक्षिणी भेगामा चेक जाँच र सोधपुछ गर्न बेवास्था गरेपछि यो क्षेत्र बेचबिखनका लागि भारत हुदै तेस्रो मुलुकमा पुर्याउन दलालहरुले सुरक्षित बाटो बनाएको पुनर्वास स्तरीय महिला सञ्जालकी सदस्य शुकमाया मोक्तानले बताइन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share