चिसो ह्वात्तै बढ्यो
२२ कार्तिक २०७३, सोमबार ०७:०४काठमाडौं, २२ कात्तिक । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ । शनिबारको तुलनामा आइतबार ९.४ डिग्री सेल्सियस रहेको थियो ।
‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,’ उनले भने ।
मौसमविद्का अनुसार अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।