आइतवार, अशोज ३१, २०७८

चिपुरमा बाघले १४ बाख्रा मा¥यो

३१ भाद्र २०७३, शुक्रबार ११:३४

डडेल्धुरा, ३१ भदौ । डडेल्धुराको चिपुर गाविसको धारीमा बिहीबार बेलुका बाघको आक्रमणले १४ वटा बाख्रा मरेका छन् । दिउँसो जङ्गलमा चराउन लगेको बेला बाघले एकैचोटि ठूलो सङ्ख्यामा बाख्रालाई मारेको धारी गाउँका राम ऐडीले जानकारी गराए ।

बाघले चिपुर गाविस धारीका राम ऐडीका तीन, भोज साहुका चार, आम्मर ऐरका तीन, दान विकका दुई र दिनेश ऐरका दुई गरी १४ बाख्रालाई मारेको स्थानीय पीडितले जनाएका छन् ।

पछिल्लो समयमा डडेल्धुरालगायत विभिन्न पहाडी जिल्लामा बाघले पशुचौपायालगायत मानिसलाई समेत बेलाबेलामा आक्रमण गरिरहेका घटनाबाहिर आइरहेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share