मङ्लबार, माघ ११, २०७८

चितुवाको आक्रमणबाट वृद्धाको मृत्यु

२० जेष्ठ २०७३, बिहीबार १२:२७

पर्वत, २० जेठ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ खुर्कोटस्थित बूढाघर बस्ने ६१ वर्षीय वृद्धा रामेश्वरीदेवी पौडेलको चितुवाको आक्रमणबाट गए राति मृत्यु भएको छ । गए राति झन्डै १० बजेको समयमा घर नजिकै शौच गर्ने क्रममा चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

चितुवाले उनलाई हानेर भागेको र उनको सोही ठाउँमा पल्टिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । रातको समयमा सुनसान भएकाले चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत जिल्ला अस्पताल पु¥याइएको छ । घटनाको अन्य विवरण आउन भने बाँकी रहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share