मङ्लबार, असार २१, २०७९

चालकरहित विमान आक्रमणमा छको मृत्यु

८ असार २०७३, बुधबार १६:३८

कुन्दुज (अफगानिस्तान), ८ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार राति अमेरिकासँग आवद्ध चालकरहित विमान (ड्रोन) आक्रमणमा करिब ६ आतङ्ककारी मारिएका सैनिकस्रोतले बुधबार जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय सेनाद्धारा गरिएको यस ड्रोन आक्रमण इमाम सहिब जिल्लाका घरो किसलाक गाउँमा भएको जनाइएको छ ।

गत अप्रिलदेखि तालिवान आतङ्ककारी समूहले भीषण आक्रमण गर्ने घोषणा गर्दै सर्वसाधारण व्यक्ति, सरकारी अधिकारीहरु र सुरक्षाबललाई पनि लक्ष्यगरी आक्रमण गर्दै आएका छन् ।

यस विरुद्ध अफगान सुरक्षाबल र अन्तर्राष्ट्रिय सेनाले समेत गरेको कारबाहीका क्रममा तालिवान आतङ्ककारीहरु मारिएका छन् । रासस /सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share