शुक्रबार, कार्तिक ५, २०७८

चार वर्षीया बालिका बलात्कृत

२२ भाद्र २०७३, बुधबार १४:१८

बैतडी, २२ भदौ । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिए ।

सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । धामी विरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धामी बलात्कृत बालिकाको मामा नाता पर्ने समेत खुल्न आएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share