मङ्लबार, कार्तिक ९, २०७८

चार युवतीको उद्धार

१८ भाद्र २०७३, शनिबार २१:३०

कपिलवस्तु, १८ भदौ । वैदेशिक रोजगारीका लागि तुर्किस्तान पठाइदिने भन्दै कृष्णनगर नाका भएर भारत लगिँदै गरेका चार युवतीको उद्धार गरिएको छ भने दुई विचौलिया पक्राउ परेका छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत संस्था शान्ति पुनःस्थापनगृहले सुरक्षाकर्मीको सहयोगमा चारै जनाको उद्धार गरेको हो । उनीहरुलाई भारतहुँदै तुर्किस्तान लगिँदै थियो ।

पक्राउ पर्नेमा पर्वत कुस्मा घर भई हाल काठमाडौँ डेरामा बस्दै आएका धनबहादुर गुरुङ र बझाङ घर भई हाल वीरेन्द्रनगर नगरपालिकामा बस्दै आएका भीमप्रसाद सुनार रहेका पुनःस्थापनगृहका भूमि भटराईले बताए । उद्धार गरिएका युवतीहरु गोरखा र रुपन्देहीका हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share