बुधबार, माघ ५, २०७८

चारकोठे पक्की भवन निर्माण

१९ असार २०७३, आईतवार ०७:४८

पोखरा, १९ असार ।

कास्कीको भाचोक गाविसको मकै खोलामा जनकल्याण उच्च माध्यमिक विद्यालयको चारकोठे पक्की भवनको निर्माण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लोकसिटी र जापानको उसुकी नगरपालिकाको रु २७ लाखको लागतमा उक्त पक्की भवन निर्माण गरिएको क्लबका अध्यक्ष कृष्ण आचार्यले बताए ।

उक्त भवन निर्माणमा करिब रु नौ लाख ६१ हजार बराबरको जनश्रमदानसमेत परिचालन भएको थियो ।

नवनिर्मित भवनको उसुकी नगरपालिकाका निर्देशक हिसाकी ताकायले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो भने क्लबका अध्यक्ष कृष्ण आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर गुरुङलाई विद्यालय हस्तान्तरण गरे थियो ।

सो कार्यक्रममा क्लबका उपाध्यक्ष उपेन्द्र अधिकारीले विद्यालयलाई आफ्नोतर्पmबाट चार वटा सेतो पार्टी सहयोगस्वरुप दिए थिए ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share