आइतवार, अशोज ३१, २०७८

चामल दिने घोषणाले कर्णालीमा आक्रोश

२५ भाद्र २०७३, शनिबार ०७:५३

सुर्खेत, २५ भदौ।  प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा बिहीबार सम्बोधन गर्दै कर्णालीका जिल्लामा मान्छे जन्मँदा र मृत्यु हुँदा प्रतिपरिवार २० किलोका दरले निशुल्क चामल दिने घोषणाको विरोधमा कर्णालीवासीले सरकारलाई नै कर्णालीबाट चामल फिर्ता पठाएका छन् ।

प्रधानमन्त्री दाहालको दल नेकपा माओवादी केन्द्रलगायत सबै राजनीतिक दल र नागरिक समाजले तत्काल उक्त निर्णय फिर्ता लिन पनि सरकारलाई आग्रह गरेका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका जुम्लाका पूर्वसभासद् नरेश भण्डारीले कर्णालीलाई अपमान गरिएको बताए ।

उनले भने सरकारले कर्णालीलाई अपमान गरेको छ , चामल बाँडेर कर्णालीको समस्या समाधान हुँदैन । यो त टाउकोको रोग, नाइटोको उपचार भनेजस्तो भयो ।

उनले चामल बाँड्ने योजना ल्याएर सरकारले कर्णालीलाई परनिर्भर बनाउन खोजेको बताए । आजको अन्नपूर्णमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share