मङ्लबार, असार २१, २०७९

चाडबाडसँगै सकियो सुपथ मूल्य पसल

२२ कार्तिक २०७३, सोमबार १६:१०

सुर्खेत, २२ कात्तिक । दसैं र तिहार नजिकिदै गर्दा सुर्खेतका सर्वसाधारणहरुलाई नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतले सञ्चालन गरेको सुपथ मुल्य पसलले दैनिक उपभोग्य वस्तु चामल, नून, चिनी खरीदमा राहात मिलेको थियो । नेपालीहरुले मान्ने मुख्य पर्व दसैं, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसल पर्व सकिए लगतै बन्द भएका छन् ।

14938028_1119003098220943_1710434347_nआम उपभोक्तालाई राहात र मूल्य नियन्त्रणमा सहयोगी हुने सुपथ मूल्य पसल सञ्चालन भए लगतै दैनिक उपभोग्य वस्तुको मूल्य बजारमा समेत घट्न पुगेको थियो । तर चाडबाडसँगै सुपथ मूल्य पसल बन्द भएपछि त्यसको प्रत्यक्ष असर बजार मूल्यमा पनि नपर्ने होइन । सुपथ मूल्य पसल सञ्चालन गर्दा असर परेको भन्दै व्यापारीहरु खाद्य संस्थान सुर्खेतमा गुनासो समेत गर्न पुगेको थिए ।

चाडबाडको बेलामा बजारमा महंगी बढेसँगै सर्वसाधारणहरुलाई सुपथ मूल्यमा चामल, नून, चिनी लिँदा निकै नै राहत पाएका थिए । नेपाल खाद्य संस्थान दसैं र तिहारको अवसरमा सर्वसाधारण जनतालाई सहुलियतमा चामल वितरण गरेको थियो भने साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतले नुुन र चिनी सहुलियतमा उपलब्ध गराएर यहाँका सर्वसाधारणहरुलाई राहत मिलेको हो ।

नेपाल खाद्य संस्थान शाखा सुर्खेतका वरिष्ठ सहायक जीवनाथ कंडेलले दसैं र तिहारको बेलामा असोज १० देखि कात्तिक २१ गतेसम्म सहुलियतमा चामल विक्री गरेर जनताले निकै नै राहत पाएको बताए । उनले भने, ‘यहाँबाट सहुलियतमा चामल वितरण गर्दा व्यापारीहरुले समेत हाम्रो चामल नै विक्री भएन भनेर गुनासो गरे’ ।

सहुलियतको अवघिमा संस्थानले वंगलादेशी उसिना चामल प्रति क्वीन्टल मुल्य ३७ सय रुपैयाँमा पाँच ५ प्रतिशत छुट दिएर ३५ सय २० रुपैयाँ, मकवानपुर चामल प्रति क्वीन्टल ३८ सय रुपैयाँमा ५ प्रतिशत छुट दिएर ३६ सय १० रुपैयाँ, अरुवा जिरा मंसुली चामल प्रति क्वीन्टल छ हजार रुपैयाँमा ५ प्रतिशत छुटमा पाँच हजार सात सय रुपैयाँ र अरुवा सेमा मंसुली ४ हजार २ सय रुपैयाँमा ५ प्रतिशत छुट गरी ३९ सय ९० सहुलियतमा विक्री वितरण गरेको वरिष्ठ सहायक कंडेलले जानकारी दिए ।

सहुलियत मूल्य पसल सञ्चालनको अवधिमा सुर्खेतमा ३ सय २३ क्वीन्टल चामल विक्री वितरण गरिएको नेपाल खाद्य संस्थान सुर्खेतका वरिष्ठ सहायक कंडेलले जानकारी दिए ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतले प्रति किलो ७९ रुपैयाँका दरले १६ सय ६१ किलो चिनी र प्रति किलो १६ रुपैयाँका दरले ७ सय ९२ किलो नून सहुलियतमा विक्री वितरण गरेको साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतका लेखापाल नबराज अपौलीयाका जानकारी दिए ।

बजारमा चिनी प्रति किलो ९० र नून २० रुपैयाँमा विक्री हुने गरेको लेखापाल अपौलीयाले बताए । उनले भने, ‘सधैं नून, चिनी सहुलियतमा दिने गरेको भए बजारमा पनि यसको मुल्य घट्थ्यो होला तर चाडबाडको समयमा मात्रै सहुलियतमा दिने भएकाले बजारमा यसको मुल्य जतिका जति नै छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share