आइतवार, अशोज ३१, २०७८

चरेस बरामद

२१ भाद्र २०७३, मंगलवार १४:५६

चितवन, २१ भदौ । मुग्लिन बजारमा आज बिहान ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ ।

मध्यक्षेत्र अनुसन्धान ब्युरो र जिप्रका चितवनले सुराकका आधारमा २८२ किलो चरेस नियन्त्रणमा लिएको हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना३ख ६२५२ नंको ट्रकमा १४ बोरामा २८२ पोका पारिएको अवस्थामा चरेस नियन्त्रणमा लिइएको हो ।

ट्रकका चालक मकवानपुर जिल्ला नामटार गाविस–९ का ३० वर्षीय कुमार गोलेलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । चरेस ओसारपसारमा संलग्न भरियाको धादिङमा खोजी भइरहेको छ । यो परिमाणको चरेस जिल्लामा नियन्त्रणमा लिइएको सम्भवतः पहिलो भएको उनले बताए ।

यसैबीच आज बिहानै पूर्वी चितवनको भण्डारमा रहेको प्रहरी चौकीबाट २५ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा नगरपालिका–२८ का जीवराज बुलन, हाँडीखोला गाविस–५ का ३९ वर्षीय दीपक लामा र बसका चालक हेटौँडा नगरपालिका–२९ का २३ वर्षीय ईश्वर अर्याल छन् ।

बुलन र लामाको झोलाबाट गाँजा बरामद भएको हो । उनीहरु वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ३५०३ नंको बसमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको जनाइएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share