शनिबार, माघ ८, २०७८

चन्दा सङ्कलन गरेर कार्यालय निर्माण

२७ जेष्ठ २०७३, बिहीबार १२:५४

ताप्लेजुङ, २७ जेठ ।

ताप्लेजुङको खोक्लिङमा शेर्पा समुदायले चन्दा सङ्कलन गरेरै रु १५ लाख बढीको लगानीमा दुईकोठे कार्यालय भवन निर्माण गरेका छन् । नेपाल शेर्पा सङ्घ खोक्लिङको कार्यालय व्यवस्थापनका लागि स्थानीय शेर्पा समुदायले चन्दा सङ्कलन गरी भवन निर्माण गरेका हुन् ।

दुईतले भवन निर्माणका लागि खोक्लिङ–९ का लालबहादुर शेर्पा र श्रीमती रिञ्जिमा शेर्पाले रु दुई लाख बराबरको एक रोपनी नौ आना जग्गा निःशुल्क दिनु भएको थियो । सोही ठाउँमा नै उक्त भवन निर्माण गरिएको हो ।  भवनको बुधबार एक विशेष कार्यक्रमका बीच उद्घाटनसमेत गरिएको छ । नेपाल शेर्पा सङ्घका केन्द्रीय सदस्य पासाङरीता शेर्पाले भवनको उद्घाटन गर्नुभएको स्थानीयवासी पेम्बा शेर्पाले बताए ।
यसअघि आफ्नै भवन नहुँदा समस्या झेल्दै आएका शेर्पा समुदायलाई भवन निर्माणपछि कार्यालय व्यवस्थापनमा सहज भएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share