बुधबार, मंसिर २२, २०७८

चट्याङवाट एक महिलाको मृत्यु दुई घाइते

२२ जेष्ठ २०७३, शनिबार १९:५७

सुरेश श्रेष्ठ

दाङ, २२ जेठ । चट्याङ लागेर दाङमा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना महिला घाइते भएका छन् । शनिवार दिउँसो चट्याङ लागेर मानपुर ३ मज्गैं निवासी ५० वर्षीया मनकुमारी कुमालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शनिवार दिउँसो साढे १ बजेतिर मानपुरको वैंशपुर भन्ने स्थानमा गाई चराउँदै गरेकी कुमाललाई चट्याङले लागेको थियो । चट्याङवाट घाइते कुमालको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसााईले जानकारी दिए । यसैबीच चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । तुलसीपुर नगरपालिका ८ टिकरी निवासी ४५ वर्षीया हुमा कुमारी बस्नेत र धनौरी गाविस ५ निवासी २५ वर्षीया रामप्यारी चौधरी चट्याङवाट घाइते भएका छन् । उनीहरुको हाल राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बस्नेतलाई घरको भान्सामा र चौधरीलाई घरको बरन्डामा चट्याङ्ले हानेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share