बिहिबार, माघ ६, २०७८

चट्याङले लघुजलविद्युत् आयोजनामा क्षति

२७ जेष्ठ २०७३, बिहीबार १२:०७

भोजपुर, २७ जेठ ।

गएराति परेको चट्याङ्का कारण भोजपुरको पूर्वी बालङ्खा गाविसमा रहेको बुवाखोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । राति २ः३० बजेतिर परेको चट्याङ्ले ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना पूर्णरुपमा क्षति भएको छ ।
चट्याङले १५ भन्दा बढी घरमा क्षति पुगेको छ । पोलमा अर्थिङ नभएका कारण चट्याङ परेको हुन सक्ने स्थानीयवासीको भनाइ छ ।
चट्याङमा परी पाँच जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीयवासी राजकुमार खत्रीले जानकारी दिए । सो आयोजनाबाट बालङ्खाका ८९ घरमा विद्युत् वितरण गरिएको थियो ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share