बुधबार, मंसिर २२, २०७८

चट्याङको कारण श्रीमतीको मृत्यु, श्रीमान्को अवस्था गम्भीर

८ जेष्ठ २०७३, शनिबार ०९:३२

उदयपुर, ८ जेठ ।

उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस मयङ्खु–४ मा शुक्रबार बेलुकी परेको चट्याङको कारण एक परिवारको श्रीमतीको मृत्यु भएको छ भने श्रीमान्को अवस्था गम्भीर रहेको छ । शुक्रबार साँझ ७ बजे परेको चट्याङको कारण मृत्यु हुनेमा मयङ्खु–४ को २४ वर्षीय अमृता विक रहेकी छिन् भने गम्भीर घाइते हुनेमा उनकै श्रीमान् ३० वर्षीय हेम विक रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका विक श्रीमान् श्रीमतीलाई उपचारका लागि राति कटारी अस्पताल ल्याएपछि अमृताको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै श्रीमान् हेम विकको हाल कटारी अस्पतालमा उपचार भइरहे पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताउनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share